सरकारले पत्रकार एवं कवि ठाकुर बेलवासेलाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कर-२०७८’ प्रदान गरेको छ ।

साढे दुई दशक देखि पत्रकारिता गर्दै आएका बेलवासेलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले एक लाख राशी सहितको उक्त पुरस्कर प्रदान गरेको हो ।

२०५४ साल देखि पत्रकारिता गर्दै आएका बेलवासे रेडियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय मानिन्छन । २०५४ साल देखि जनसत्ता सप्ताहिकबाट पत्रकारिता सुरु गरेका बेलवासेले दर्जन बढी संचारमाध्यममा काम गरेको अनुभव संगालेका छन ।

काैटिल्य सप्ताहिक,रेडियो नागरिक र रेडियो अन्नपूर्ण नेपाल लगायत आधा दर्जन संचार माध्यममा सम्पादकको भूमिकामा रहेर काम गरेका बेलवासे अहिले एपी वान टेलिभिजनसंग आवद्ध छ्न ।एपी वानमा उनले आइतबार र बुधबार `एपी मञ्च´ कार्यक्रम संचालन गरिरहेका छन ।

नेपाली कविता विधामा स्थापित कवि बेलवासेका ४ वटा कविता कृति प्रकाशित छ्न। उनले राष्ट्रिय कविता महोत्सव २०५८ मा तृतीय र २०६९ मा प्रथम स्थान हासिल गरेका छ्न । यस्तै बेलवासेको कविता कृति ‘त्रासमा ईश्वर’ले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको छ । बेलवासेले मोती पुरस्कार,स-सिद्दि राष्ट्रिय प्रतिभा पुरस्कार,भोग्यप्रसाद शाह राष्ट्रिय पत्रकारिता पुरस्कार ,लुनकरणदास- गांगादेवी चौधरी प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गरेका छन ।

सरकारले दुई लाख राशि सहितको ‘वरिष्ठ पत्रकार सम्मान २०७८’ किशोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरेको छ।

यस्तै सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू बालकुमार नेपाल,डिआर पन्त,गंगा बराल ,सम्झना बन र एकबाल अहमदलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत पत्रकारहरूलाई राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन ।

तपाईको प्रतिक्रिया