रमेश के.सी.

ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो । प्रकृति र ब्राम्हण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन यस्ले सीकाउँछ । यहि ज्ञान भएको धर्मलाई ताओ भनिन्छ । पश्चिमाहरुले डाओ समेत भन्ने यो चीनको प्रमुख धर्म हो । आज भन्दा २५ सय वर्ष अगाडी लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चीङ हो । ८१ भागहरु भएको कवितात्मक यस पुस्तकलाई तीस वर्षदेखि पढि रहेको छु । अत्यन्त सरल लाग्ने तर गहन अर्थ भएको यो पुस्तक वास्तवमा अध्यात्मिक शिक्षाहरु भएको चीनीया देवत्वको पुस्तक हो । भारत र नेपालमा जति हिन्दुहरुले आफ्नो पवित्र धर्म ग्रन्थको रुपमा गीतालाई सम्मान गर्छन यति नै चीनीयाँहरु यस ग्रन्थको सम्मान गर्छन । चीनको प्रमुख धर्म ग्रन्थको रुपमा यसको चासो आज चीन उदय सँगै विश्वमा बढेको छ । चीनको राजनीतिक र आर्थिक पक्ष मात्र होइन धार्मीक पक्षलाई यसले बुझउँन मद्दत गर्दछ । अर्थात चीनको मनको अध्यात्मिक आद्यस्वरुप यसमा टिकेको छ । चीनका अन्य धर्महरुमा कन्फुसीयाली र बौद्ध धर्महरु हुन ।

कन्फुसीयाली र ताओ धर्म चीनमा एक अर्काका पुरक जस्ता छन् । कन्फुसीयाली धर्मले मान्छेको सम्बन्ध मान्छेसँग निर्धारण गर्छ भने ताओले मान्छेको सम्बन्ध प्रकृतिसँग तय गर्दछ । तेस्तै धर्म बुद्ध धर्मले मानव दुख र परमसत्यलाई भन्छ । चीनमा कथन नै छ कि प्रत्येक चीनयाँले कन्फुसीयाली टोपी, ताओ वस्त्र र बौद्ध चप्पल लगाएको हुन्छ।

बुद्ध धर्म चीनीयाँ भिक्षुहरुले भारतबाट लगेका हुन । भारतको ध्यान चीनमा पुगपछि जेन बौद्धधर्म बन्यो । स्थानीय परिवेशमा घुलमील हुँदै यसले असाधारण मौलकरुप धारण गरयो भने कन्फुसीयाली र ताओसँग मीलेर बस्यो । ताओले कसरी मानिस र प्रकृति सञ्चालित हुन्छन त्यो बताउँछ र ब्राम्हण्डमा रहेकाहरुको मार्ग तय गर्न सिकाउँछ । यसलाई धारणा र बुद्धि भन्दा आत्मा तत्वद्वारा बुझ्न सकिन्न । यस्लाई बुझ्नका लागि भाषाको सिमितता छ, शब्दहरुको सिमीतता छ । संसारमा रहेका कुरा जन्म लिन्छन र परिवर्तित हुन्छ भन्ने पाठ यसले दिन्छ । मानिसले नैसर्गिक नियमलाई पालना गर्दै प्रकृतिलाई अक्षुण राख्नु पर्छ भन्दै प्राचिन जीवनको वकालत गर्दछ। प्रत्येक वस्तुको प्राकृतिक स्वभाव हुन्छ । ताओ ते चीङको पूर्ण अर्थ के हो भने ताओ भनेको प्रवाह, बाटो र मार्ग हो । ते त्यहि प्रवाहमा बाँचेको जीवन हो जुन नैतिक र सदाचारले भरिएको हुन्छ ।

चीङ भनेको सम्मानित ग्रन्थ हो । ६ वा ४ शताब्दीमा एउटा पहाडमा लेखेको यस ग्रन्थका शीक्षाहरुले पछि चीनिया समाजमा व्यापक प्रभाव पारयो । लाओत्सु सन्त घोषीत गरिए र पछि उनका अनुयायीहरु देखापरे । चांग यु, विन वेने र यआगं जीेले पछिबाट यस धर्मको विस्तार गरे । यस्लाई १९औं शताब्दीमा जर्मनी इसाई धर्म प्रचारक रीचर्ड बेलहिल्मले जर्मन भाषामा अनुवाद गरेका थिए । जसको पछिबाट अंग्रेजीमा अनुवाद भयो । यो अनुवादलाई प्रामाणीक अनुवाद मानिएको छ । संसारमा बाइबल पछि एकदम धेरै संख्यामा अनुवाद गरिएको यो पुस्तक धर्म र ध्यानकालागि मात्रै होइनकि म्यानेजमेन्ट गुरु, सेल्फ हेल्फ र न्यू एज अध्यात्मीक खोजकर्ताहरुका लागि निदेर्शीका पुस्तक नै बनेको छ । सन् ७० को दशकमा हार्वर्डका मनोविज्ञानका प्रध्यापक तिमोथी लेरीले यसलाई एलएसडीको प्रयोगकालागि अनुसन्धान गर्ने प्रमुख गाइड बनाएका थिए । यसर्थ ताओ ते चीङ विश्व साहित्यको प्रमुख ग्रन्थ हो । यसको प्रभाव चीनीया साहित्य, चित्रकला र फेशनमा समेत परेको छ ।

“सबै कुराहरु आफ्नो मूलरुपमा आउँछन । “धेरै टाढा जानु भनेको फर्कनु हो” जस्ता विरोधाभाषी भनाईहरु बोक्ने यस ग्रन्थका हरफहरु आन्तरीक मनले मात्र बुझ्न सकिने जानकारहरु बताउँछन । भनिन्छ ताओको कुनै शुरुवात र अन्त छैन । यो निरन्तर प्रवाहमा छ । त्यहि प्रभावमा बग्नु नै बुद्धिमतापुर्ण जीवन हो भन्दै यसले मान्छेलाई आत्मासंग जोडने कार्य गर्छ । ताओ ते चीङका प्रमुख शीक्षाको क्रियाकलापप्रति खुला रहनु, धारणा समाप्त भई आत्मा सक्रिय हुनु हो । यसले अंह केन्द्रित जीवनलाई आविष्कार गदर्छ जसले “एक्सन अफ ननएक्सन” को दर्शनलाई प्रोत्साहन गर्दछ । जस्तो निस्क्रिय बस्नु होइनकि प्रवाहमा बग्नु हो । ताओमा पानीको रुपकलाई बारम्बार प्रयोग गरेको देखिन्छ । जीवनलाई पानीसंग तुलना गर्दै नदिको प्रवाह विपरीत जानु होइन संगै बग्नु प्रवाह हो भन्दछ । पानी नरम र तरल हुन्छ । तर यसले कठोरतालाई विजय गर्दछ । पानीले बनस्पती, जन्तु र मानिस सबैको पालन पोषण गर्दछ । यसर्थ पानी हुनु जस्तो राम्रो केहि छैन भन्दछ । प्रकृतिको शक्तिलाई चिन्नु र त्यहि शक्ति अनुरुप चल्न ताओले सीकाउँछ । धारणा र बुद्धि तत्व भन्दा आत्माको संज्ञानमा जोड दिने

ताओका शिक्षाहरु यस्ता छन “मान्छेले पृथ्वीको बाटाहरु पछ्याउँछ स्वर्गका बाटाहरु पछयाउँछ, स्वर्गले ताओका बाटाहरु पछयाउँछ, ताओले आफ्नो बाटो पछ्याउँछ” । भनिन्छ ताओलाई नामाकरण गर्न सकिन्न त्यो रुपविहीन, दिक विहीन र काल विहिन छ र संसारमा रहँदा रहँदै त्यस भन्दा पर छ । दया र करुणाले सँधै जीत्छ भन्ने सन्देश बोकेको ताओ ते चीङ आफैलाई जान्ने सरल पुस्तक हो । असक्त न होउ, आफुलाई स्वतन्त्र छोड, चेतनाको पवित्रताले देवत्व प्राप्त हुन्छ भन्ने यस ग्रन्थले विनम्र बन्न सीकाउँछ । अज्ञात तर्फ को यात्रा तर्फ लान्छ । अद्वैत चेतनाको यो पुस्तक चीनीया धर्मको दुई विपरीत ध्रुव यीङ र याङको सन्तुलित अवस्था नै जीवनको सन्तुष्टी हो भन्ने सन्देश प्रवाह गर्दछ । अहिले संसारभरी चीनको समाजलाई बुझ्ने प्रयत्न भईरहेका छन् । नेपालमा पनि राजनीतिक रुपमा चीनको चर्चा थालीएको छ । विशेष गरेर बेल्ट र रोड अभियान र केरुङ काठमाण्डौ रेलमार्ग का सन्दर्भमा चर्चा हुने गर्छ । तर चीनका अनेकौ पक्षहरु छ । जुन त्यहाँको ५ हजार वर्षको लिखीत इतिहास बोकेको ताओ धर्म चीनको अमुल्य ग्रन्थ मात्र होइन कि मानव जीवनलाई निर्देशन गर्ने गहकिलो पुस्तक हो । लाओत्सु कन्फुसीयसका समकालिन थिए । २५ सय वर्ष अगाडीको त्यो युगलाई जर्मन चिन्तक कार्ल यास्पर्सले “एक्सियल एज” भनेकाछन् किनभने त्यो कालखण्डमा ग्रीकमा अरस्तु, प्लेटो, सोक्रेटस, चीनमा कन्फुसीयस, लाओत्सु र भारतमा बुद्ध र महाविरहरु जस्ता धर्म र ज्ञानका आविष्कारकहरु जन्मिएका थिए । ताओ ते चीङका लेखक लाओत्सुलाई पश्चिमी जगतका कवि होमर जस्तै पौराणिक व्यक्तित्व मानिन्छ ।

जसका विषयमा अनेकौं किवंदन्तीहरु रचिएका छन् । ५० करोड जनताले मान्ने यस धर्मग्रन्थमा कविताका रुपमा ५ हजार शब्दहरु मात्र छन । शासन र शासकका बारेमा पनि ज्ञान दिने यो दर्शन आजपनि उत्तिकै उपयोगी र शीक्षाप्रद छ ।

तपाईको प्रतिक्रिया