जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज
कृष्ण कुमार हेम्ब्या (कुवाकुजा) साहित्य पढ्ने रहर उहिल्यै हराई सक्यो । उमेरसंगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्बाङले कोसेली स्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ पठाइ दिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो `फ्लान्डर्स फिल्डमा तमोरका सुसेली´ नियात्रा संग्रह रहेछ । आफ्नै जीवन यात्रालाई १८ शिर्षक दिएर आफू...

“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु

“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु
रोशन परियार आफूले आफूलाई भन्दा ज्यादा प्रेम गरेर वर्षौंसम्म बिताएको सहजीवनको एक प्रिय पात्रलाई आँखाअगाडि लास बनेर तेर्सिएको हृदयविदारक दृश्यलाई बिर्सन सकिएन। "अवसाद" कविता पढेर। युगौंदेखिको पितृसत्तात्मक संस्कारलाई चुनौती दिँदै आइमाई बस्ने नयाँ घरको परिकल्पनालाई यथार्थ रुप दिन खोज्ने हिम्मतलाई बिर्सन सकिएन। "आइमाई बस्ने घर" कविता पढेर। केहि हरफ यस्ता छ्न- 'युगौंदेखि आमाहरूको घर थिएनहजुर...

गैँडालाई चार वर्ष

गैँडालाई चार वर्ष
-बिलोक शर्मा वन्यप्राणी संरक्षण प्रकृतिप्रेमीहरूका निम्ति एउटा जल्दोबल्दो विषय हो। तथापि आम जनताको निम्ति चासोको विषय बन्न सकिरहेको छैन। यो वर्तमान समयको यथार्थ र गम्भीर समस्या हो। यही प्रसङ्गमा वन्यप्राणी संरक्षणमाथि आधारित ‘गैँडालाई चार वर्ष’ कथा पर्या साहित्यकार विजय हितानको गैँडा संरक्षणमाथि आधारित एउटा गम्भीर कथा हो। गैँडा संरक्षणमाथि रचिएको यस कथा मार्फत हितानले आम मानिसहरूका वैचारिक स्पन्द...

चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” लाई नियाल्दा

चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” लाई नियाल्दा
रमी प्रिया कवितालाई असाध्यै माया गर्ने कवि चन्द्र गुरुङका कविताहरुमा हृदयपक्ष बढी वाचाल लाग्छन् । उनका कविताहरु भीडबाट मौलिकता सहित पृथक देखिन्छन् । कवि चन्द्र गुरुङका केही कविता चाखिसकेको होस् ,अझ उनको पृष्ठभुमिको बारेमा थोरै जानकारी भएको होस् , म जस्ता ती पाठकहरुलाई पक्कै पनि आत्मीय लाग्छ संग्रहको नाम " जब एउटा मान्छे हराउँछ"। उसो त आम पाठकलाई सोझै स्पर्श गर्छ संग्रहको नामले, अक्सर प्र...

‘बरफका कोइलाहरु’ कविताको मैदानमा एक सानदार ब्याटिङ -अनिल श्रेष्ठ

‘बरफका कोइलाहरु’ कविताको मैदानमा एक सानदार ब्याटिङ -अनिल श्रेष्ठ
तिम्रो हरेक मङ्गल कार्यमा अछुतको जुठो मुखबाट निस्केको सहनाई र कर्नालको सङ्गीत फेरि कसरी मङ्गल ? मेरा अस्पृश्य पाइतालाले माडेर निस्केका अक्षताका बियाँहरू फेरि कसरी शुद्ध ? मैले बनाएको ओदानमाथि बसालेर मैले बनाएको ताप्केमा मैले नै माडेको परालको धानको भात कसरी चोखो ? मेरो अछुत आङबाट निस्केका पसिना मिसिएको पाइनले तपाईंको जिउमा सजिने अलङ्कार कसरी पवित्र ? पछिल्लो समय फेसबुकमार्फत ‘सेतोमाटो’ अनलाइनमा पढ...

गिरिराज बाँस्कोटाको `ढुङ्गाको प्रेम´

गिरिराज बाँस्कोटाको `ढुङ्गाको प्रेम´
मुनाराज शेर्मा पत्रकारितामा क्षमता खोजिरहेका बाँस्कोटा कवि पनि हुन। खोज पत्रकारिता गर्ने बाँस्कोटा घुम्न जन्मेका हुनकी लाग्छ। पूर्वी पहाडको कुनाकन्दरा, भिरपाखा, चौरी, खर्क, फुल , मानवीय कृयाकर्ममाथि लेन्स घुमाइरहेका हुन्छन। कहिले निकै विवादमा तानिन्छन। फेदेनमा सालनाल गाढेर पान्थरे अन्नपानीले बनेको शरीर कुनै फेदेनी साहित्यिक कार्यक्रममा नदेख्नु उनको लेन्सले पान्थरे, इलामे ,झापाली पूर्वेली कव...

हङकङका कथाकार दाजु गुरुङको कथा संग्रह “लाई-सी” लाई हेर्दा

हङकङका कथाकार दाजु गुरुङको कथा संग्रह “लाई-सी” लाई हेर्दा
किन्दर राइ “समय लेखिनु पर्छ एउटा मान्यतामा ।सहमति  विमति आ-आफ्नै ठाउँहरूमा ।एक प्रयास अनी घच-घच्याइ ।समय कहाँ कहाँ बगीरहेछ  उडीरहेछ, छाल हानेर ।तरङ्गीत भइरहेछ अपराजित  भएर ।कतै अनगिन्ती  प्वाँख हालेरनिश्चित अनिश्चित यात्राहरूमा वेग मारेर ।”  मैले यो कुनै कविता  भनी रहेको छैन । आजको मुख्य कर्म साहित्यकार दाजु गुरुङ ज्युको "लाई-सी"को लोकार्पण भएकोले यही कथा संग्र...

‘रुदिना’ र शिव प्रधान

‘रुदिना’ र शिव प्रधान
पुस्तक चर्चाः हङकङमा नियमित हुने ‘साझा साहित्य’को ९९ औं श्रृङ्खलामा साहित्यकार दाजु गुरुङ मार्फत् साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ‘रुदिना’ हामी उपस्थितहरूलाई निशुल्क वितरण गर्नुभयो । जसमा दुई–तीन जना साथीहरूको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, तर उहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिलै उपस्थित हुनु भएन । हुन त यो भन्दा अघि पनि साहित्यका...