खुशी थुलुङको गीत
यो मनको आवाज भित्रको मौन आर्तनादहरुले,चिथोर्छ किन मलाई सधैं काला रातहरुले ।
कथा आफ्नै ब्यथा आफ्नै यहाँ हर जिन्दगीका,नातागोता सम्बन्ध सब देख्छु मत बन्धकिमा।
यो मनको सागरभित्रका बिचलित भावहरुले,चिथोर्छ किन मलाई सधैं काला रातहरुले।
हिजो अनि भोलि बिच सुन्यता फैलिएझैँ,देख्छु पुस्ता-पुस्ता जोड्ने साघु भत्किएझैँ ।
यो मनको जलन भित्रका भर्भराउदा रापहरुले,चिथोर्छ किन मलाई सधैं काला रातहरुले।
...