किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए
दिनेश सुब्बा
फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय किसन राईको श्रद्धाञ्जली सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ।
"यो फूलसीत मेरो वितृष्णा जागेको छ आजकल ।" मैले भने।
"किन र दाई?" मातृ ...