पदमबहादुर खडका:पञ्चायतमा घुम्ती विद्यालय चलाए,प्रजातन्त्र पक्षधर हुँदा जागिर गुमाए

पदमबहादुर खडका:पञ्चायतमा घुम्ती विद्यालय चलाए,प्रजातन्त्र पक्षधर हुँदा  जागिर गुमाए
कृष्ण ढुङ्गेल नेपालको परिवेशमा शिक्षाको इतिहास उति लामो छैन । राणा शासनमा त सर्वसाधरणका लागि पढनु भनेको सपनाका कुरा थिए । ०७ सालमा प्रजातन्त्रको स्थापना पश्चात शिक्षाको क्षेत्रमा केही उपलब्धीहरु भए । तर ती प्रयाप्त थिएनन । ०१७ सालदेखि ०४६ सालसम्मको पञ्चायत कालमा पनि शिक्षा क्षेत्रमा केही सुधारका कामहरु देखिए । तर त्यो पनि प्रयाप्त थिएन । त्यही अपर्याप्तता बीच शिक्षाको उज्यालो बाडने सपना बोकेर घुम...