टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज
विराटनगर — नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाह का अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेप...









