झापा क्षेत्र नं. १ बाट युवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता भुपेन्द्र सिङ थेबे नेपाली कांग्रेसको आगामी महाधिवेशनमा ‘युवा केन्द्रीय सदस्य’ को उम्मेदवार बन्ने चर्चा र उहाँको आगमी केन्द्रीय राजनीति यात्रा र सम्भावनाको बिषयमा चर्चा परिचर्चा काँग्रेस वृतभित्र सुरु हुन थालेको छ ।
थेबेको राजनीतिक यात्रा र सक्रियताको बिषयमा थेवेको क्षेत्र झापा क्षेत्र नं. १ मा बलियो जनआधार छ । हाल काँग्रेसको १५ महाधिवेशन प्रतिनिधिमा सफलतापूर्वक निर्वाचित भएका थेवेकाे प्रभाव केन्द्रीय वृतमा पनि उत्तिकै सकारात्मक रहेको छ । यसअघि नेविसंघको केन्द्रीय अध्यक्षका प्रबल आकांक्षी रहेका उहाँले देशव्यापी रुपमा संगठन विस्तार, विद्यार्थी तथा युवासँगको संवाद र अन्तरक्रियाका लागि नेपालका सातै प्रदेशका ६९ जिल्लामा प्रत्यक्ष रुपमा पुगीसकेका छन् ।निरन्तरको खटाई र ग्रासरुट लेभलसम्मको पहुँचले उनलाई पार्टीभित्र युवा पुस्ताको सशक्त र लोकप्रिय उम्मेदवारको रूपमा उभ्याएको छ।





