हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा
शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...