काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक, संगीतकार तथा गीतकार सरगम राईले नयाँ गीत ‘बासी देउ तिमि…’ श्रोतामाझ ल्याएका छन् । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार भएको यस गीतमा प्रेम र भावनात्मक अनुभूतिलाई समेटिएको छ । गीतको संगीत संयोजन बादल लिम्बुले गरेका छन् भने सहायक गायिकाका रूपमा अम्बिका राईले स्वर दिएकी छन् । गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । गीतको अडियो रेकर्डिङ नेपालस्थित मुन्धुम स्टुडियो र संयुक्त राज्य अमेरिकास्थित गोल्ड फेरारी संगीतमा गरिएको हो। यसको भिडियो सम्पादन अनिल स्थापितले गरेका छन् ।
नेपाली सुगम संगीतमा निरन्तर सक्रिय सरगम राई गायनसँगै शब्द र संगीत सिर्जनामा पनि उत्तिकै रुचि राख्छन्। उनका यसअघि ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’ र ‘दुई मुटु’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्।सरगम राईका ‘भाकी सके’ र ‘चाहना बढ्दै गो…’ पनि उनका सांगीतिक सिर्जनाका रूपमा सार्वजनिक भइसकेका छन् ।
‘बसी देउ तिमि…’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।





