उहाँ पेशाले सेफ, यो पेशामा नेपाली महिलाहरु सङ्ख्यात्मक रुपमा अत्यन्तै न्यून छन् । तर एल्जिना राई ती नेपाली महिलामा पर्नुहुन्छ जसले अनेक समस्या र चुनौतीको बीच पनि यही पेशालाई आफ्नो कैरियर बनाउनुभयो । उदयपुर बेल्टार निवासी हाल रिलायन्स पब्लिक स्कूलमा फुड व्यावस्थापक भएर काम गरिरहनु भएको छ । उहाँले प्राप्त गर्नु भएको सफलता र अवसर अरु महिलाहरुको निम्ति प्रेरणा हुन सक्छ । प्रस्तुत छ उहाँसग यहीँ बिषयमा गरिएको कुराकानी ।
नेपालको परिवेशमा महिला सेफलाई कार्यस्थलमा कति सजिलो छ र यो पेशामा आउन चाहाने महिलाहरुलाई के भन्न चाहनुहुन्छ ?
अबको समयमा महिलालाई यो पेशामा आउन आर्थिक तथा पेशागत सुरक्षाको दृष्टिकोणले पनि राम्रो छ । यो पेशामा महिलाको अझै अवसर र सम्भावना प्रसस्त छ । महिलाको निम्ति अर्थ, पहिचान दुवै दृष्टिकोणले राम्रो छ । रुचि हुने महिलाहरुको निम्ति यो क्षेत्र भरपर्दो रोजगारीको अवसर हो ।
तपाईंले यही पेशा अपनाउनुको कारण रुचि मात्रै हो कि अन्य कारण पनि छ ?
यस पेशामा आउनुको कारण भन्नैपर्दा रुचि हो र अर्को चाहिँ आफ्नै खुट्टामा उभिएर केही गर्नुपर्छ भन्ने सोचको कारण पनि हो ।
महिलाहरुलाई यस पेशामा आउन र रहीरहन कार्यस्थलमा कस्तो किसिमको वातावरण छ ?
महिला भएको कारणले नै ब्यक्तिगत जीवनमा त्यस्तो असर परेको अनुभव छैन । काम गर्ने सन्दर्भमा चुनौती हुन्छ नै नत्र अवसरहरु पनि आउदैन सायद। मलाई पनि जीवनमा भैपरि आएको चुनौतीहरुले नै यहाँ सम्म ल्याइपुर्यायो ।
महिला भएकै कारण तपाईंले व्यक्तिगत र सार्वजनिक जीवनमा पुरुषको तुलनामा भोग्नुपरेको चुनौतीहरु के के छन् ?
नेपाली समाज महिलाप्रति अनुदार नै छ । केही गर्छु भन्ने महिलाले अनेक चुनौतीहरु पार गर्नुपर्छ । मै माथि पनि सुरुवाती समयमा यो पेशामा आउदा के गर्न सक्छ र भन्ने थियो । तर आज अवस्था अर्कै छ मलाई र मेरो पेशालाई हेर्ने दृष्टिकोण । हरेक क्षेत्रमा महिलाहरुले आफुलाई स्थापित गरेर आईरहेछन् यो परिवर्तनको संकेत हो ।
महिला भएकै कारण तपाईंले व्यक्तिगत र सार्वजनिक जीवनमा पुरुषको तुलनामा भोग्नुपरेको चुनौतीहरु के के छन् ?
नेपाली समाजमा केही गर्छु भन्ने हरेक महिलाहरु मानसिक हिंसाबाट गुज्रीएका हुन्छन् कारण नेपाली समाजको मूल्य र मान्यता महिलाको बिकास बिपरित छ ।
अन्यमा केही छ भन्न बाकी ?
अबको समयमा महिला आर्थिक रुपमा सक्षम हुन जरुरी छ ।





