हाल बैदेशिक रोजगारीको सिलसिलामा  दक्षिण  कोरियामा  कार्यरत स्थायी ठेगाना तेह्रथुम जिल्ला छथर गाउँपालिका वार्ड नम्बर ६ सुदाप निवासी बिरेन तुम्खेवा समाजसेवाको निम्ति कोरियामा परिचित नाम हो । उहाँले  किराँत  याक्थुङ चुम्लुङ कोरियासँग आवद्व रहेर विभिन्न प्रतिभावान नेपाली  युवा  व्यक्तित्वहरुलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । प्रस्तुत छ उहाँसग  यसै बिषयमा केन्द्रीत रहेर गरिएको  कुराकानी ।

पछिल्लो  समय तपाईं  किरात याक्थुङ चुम्लुङ कोरीयामा रहेर समाजसेवाको क्षेत्रमा अग्रसर हुनुहुन्छ यो क्षेत्रमा रुचि हुनुको मुख्य कारण के हो ?

सबैभन्दा पहिला त हामी सामाजिक प्राणी  भएकोले समाजमा मिलेर हातेमालो गरेर अघि बढ्नु पर्ने हुन्छ । र मेरो पनि बच्चैदेखि समाजलाई कुनै न कुनै  माध्यमबाट योगदान दिउँ भन्ने थियो । यसै सिलसिलामा  हाम्रो समुदायको सर्वोच्च संस्था किराँत   याक्थुङ चुम्लुङ दक्षिण  कोरियामा  आवद्व  भएर  लिम्बू  समुदायको भाषा, कला, संस्कृति ,आदिको संरक्षण र प्रवर्द्धनमा थौरै भएपनि योगदान दिन सकिन्छ कि भनेर नै म यो क्षेत्रमा अग्रसर  छु ।

तपाईं  लामो  समयदेखि बैदेशीक रोजगारीको सिलसिलामा कोरीया रहनु भएको छ नेपाली युवाहरुको निम्ति के भन्न चाहनुहुन्छ ?

बिशेष गरि नेपाली युवाहरुलाई आफ्नो अमूल्य समय खेर नफाल्नुहोस भन्न चाहन्छु । साथै  आफ्नो रुचिलाई अङ्गाल्दै आफ्नो परिवार , समाज अनि देशकै लागि केही गर्नुहोस  सकेसम्म दोस्रो दर्जाको नागरिक हुन परदेश नआउनु पनि सुझाव  दिन चाहन्छु ।

नेपाली साहित्य र संगीतको बिकास र सहकार्य कोरीयामा राम्रो  भएको अनुुभूूति हुन्छ तपाई आफैलाई चाहिँ कस्तो  महसुस हुन्छ ?

पक्कै पनि  नेपाली साहित्य र संगीतको विकास तथा सहकार्य दक्षिण  कोरियामा राम्रै भएको महसुस मलाई  पनि हुन्छ । यसका प्रशस्तै उदाहरणहरू मध्ये  पाँच स. दक्षिण  कोरिया संस्थाद्वारा कोरियाको आनसान  भन्ने  ठाउँमा  नेपाली पुस्तालय खोल्नु , कोरियाको स्थानीय एफएम स्टेसनमा नितान्त नेपाली कार्यक्रम प्रशासण  हुनु, भर्खरै मात्र आदिवासी जनजाति महासङ्घ दक्षिण  कोरियाले स्मारिका जर्नल प्रकाशित गर्नु, चाँडै  नै चुम्लुङ कोरियाले पनि स्मारिका प्रकाशन गर्दैछ यी गतिविधिहरुलाई प्राथमिकताका लिन सकिन्छ  बिकासको निम्ति ।

कोरीयामा बसेर नेपालको बिकासको गतिलाई  हेर्दा तपाईंलाई कस्तो  अनुभूति हुन्छ ?

कोरियामा  बसेर नै नेपालको विकासको गतिलाई नियाल्दा अत्यन्तै दुख  लागेर आउँछ । भष्ट्रचार राजनीतिक अस्थिरता वैदेशिक हस्तक्षेप , विभिन्न कालखण्डमा देशलाई  ठूलो  क्षति  हुने खालको आन्दोलन आदि  कारणहरुले देशको  बिकास अति नै सुस्त भएको देखिन्छ र आशा छ चाँडै  नै देशको बिकासले सही दिशा लिनेछ ।

पछिल्लो  समय तपाईं कै सकृयतामा विभिन्न कलाकार र खेलाडीहरुलाई ठूलो राशीमा आर्थिक सहयोग गर्दै आउनु भएको छ यस्तै सहयोग कविलाई पनि गर्ने योजना छ कि ?

निश्चय नै भविष्यमा साहित्यको कुनै पनि विधाको माध्यमबाट समाजलाई  सकारात्मक प्रभाव पार्ने  वा परिवर्तन गर्ने  किसिमको योजना अथवा प्रोजेक्ट आएमा मेरो व्यक्तिगत  तथा म आवद्व संस्था सदैव  सहकार्य  गर्ने तत्पर रहने छ भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया