हङकङमा बितेको जुनी
नरजित राइ
ल्यङ मान - १
= कति बर्ष पुगिस हाउ आलाइ ? एकदिन चाइनिज मित्र तङमिङले अचानक उमेर सोध्यो।= साठी पुगे नि, मैले नढाटि उमेर बताएँ।= त्यसो भए ल्यङमानको अक्टोपस कार्ड बनाए भयो नि । हङकङको यातायात क्षेत्रमा जति नै धेरै भाडा भए पनि ल्यङ मान मात्र हो। धेरै सस्तो र पैसाको पनि बचत हुन्छ । एम टि आर ( मास ट्रान्जिट रेल्वे ) स्टेसनको जुनसुकै काउन्टरमा फारम पाइन्छ। फाराम भरेर ...









