अर्को बिहान-कथाकार सन्जय तुम्बाहाङफे
सञ्जय तुम्बाहाङफे
हु.....!
हु.......!!
मध्यरातको चकमन्नलाई बिथोल्दै माकलुङ्गे डाँडाको ठुलो कटुसको बोटमा बसेर एकोहोरो कराइ रहेको हुचिलको अवाजले खेसेमा ब्युझिन्छिन्। खेसेमा ब्युँझिदा टाउको,ढाड,तिग्रा,देखि हातखुट्टा सम्मै चसक्क चसक्क दुखीरहेको थियो । दुखेका यी शरीरका सबै भागहरुमा ध्यानपुर्वक छाम्न थाल्छिन्।
टाउकोमा निक्कै ठुलो चोट लागेको रहेछ। ढाडमा दुई ठाउँ नीलडाम। त्यसैगरि लुङ्गी नै छिचोलेर ति...









