“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु
रोशन परियार
आफूले आफूलाई भन्दा ज्यादा प्रेम गरेर वर्षौंसम्म बिताएको सहजीवनको एक प्रिय पात्रलाई आँखाअगाडि लास बनेर तेर्सिएको हृदयविदारक दृश्यलाई बिर्सन सकिएन। "अवसाद" कविता पढेर।
युगौंदेखिको पितृसत्तात्मक संस्कारलाई चुनौती दिँदै आइमाई बस्ने नयाँ घरको परिकल्पनालाई यथार्थ रुप दिन खोज्ने हिम्मतलाई बिर्सन सकिएन। "आइमाई बस्ने घर" कविता पढेर। केहि हरफ यस्ता छ्न-
'युगौंदेखि आमाहरूको घर थिएनहजुर...









