साताको तीन कविता – कवि वियोगी बुढाथोकी
कवि वियोगी बुढाथोकी हाल नेपाली लेखक सङ्घको केन्द्रीय अध्यक्ष रुपमा क्रियाशील हुनुहुन्छ । चार दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा सकृय उहाँ साहित्य लेखन , साहित्यीक अभियान र प्रकाशनमा पनि समानरुपले सकृय हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
जेनजी, समय र संबोधन
असोज महिनाको निष्पट गहिरो रात
प्रहरपछिको अर्को पहर
नव तारागणको सरसराहट, झल्याकझिलिक
अनुहारमा आक्रोशको आगो
असन्तोषको शिखर ...









