कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री
३१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा कोरोना विरुद्ध खोपको दुबै डोज भ्याक्सिन लगाएका हङकङवासीलाई एउटा सुनौलो अवसर मिल्ने भएकोछ। हङकङमा रहेको साइनो ( सिनो ) ग्रुप र चाइनिज स्टेटस होल्डिङ कम्पनीले क्वुन तङमा भएको प्रोपर्टीबाट हङकङ डलर एक करोड असी लाख नेपाली रुपैयाँ करिब १५ करोड (HK$10.8 million ) भन्दा बढी मुल्यको ब्रान्ड न्यु एउटा बेडरुम भएको फ्लाट राफल चिट्ठामा उडाउने भएकोछ।
...







