थप ८३ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, १९० जनाको मृत्यु

थप ८३ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, १९० जनाको मृत्यु
काठमाण्डौ । नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण कोभिड १९ कारणले १९० जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला परेको र अहिले काठमाण्ड...

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार देवकोटा विजयी भएका हुन् । देवकोटाले कुल ५ हजार ८८ मतभारसहित विजय हासिल गरेका हुन् । बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

यी सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्चले भन्यो असंवैधानिक

यी सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्चले भन्यो असंवैधानिक
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा रहेका सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्...

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्
काठमाडौं । कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि बाँकेको एउटा गाउँ नै शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइको कोरोनाबाट ज्यान गएपछि गाउँ नै शोकमा डुबेको हो । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइला ४८ वर्षका इम्तियाज अमहद, राइला ४६ वर्षका एजाज अ...

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन...

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो । निर्वाचन आयोगमा प्रवक्ता ...

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेलमा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले व...

सुनको भाउ ४ सयले बढ्दा चाँदीको भाउ घट्यो

सुनको भाउ ४ सयले बढ्दा चाँदीको भाउ घट्यो
साताको पाँचौँ दिन आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९्३ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले नै बढेर ९३ हजार २ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ...

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन
म्याग्दी, ६ जेठ (रासस) : म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको रु पाँच-पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्य...

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु
५ जेठ (रासस-सिन्ह्वा) कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् । भारतमा सो...