साताको तीन कविता- कवि दीपा राई पुन
कवि दीपा राई पुन नेपाली साहित्यमा स्थापित नाम हो । उहाँको कवितामा मानवीय प्रेम र करुणालाई महसुुस गर्न सकिन्छ । व्यक्तिगत रुपमा सधैं शान्त र फुलहरुसँग रमाउन मन पराउने कवि दिपा राई पुनका कविताहरुले करुणा र समभावको बिचारलाई बोकेका छन् । प्रस्तुत छ साताको तीन कविता ।
अन्तरङ्ग अनुरोध
म जहाँ पुग्छु
त्यहाँ तिम्रो सम्झना पहिले आइपुग्छ,
मेरो कमजोरीमा शक्ति तिमी हौ
आउनु, सम्झनामा आइरहनु...









