नेपाली भूमिविरुद्ध कुनै गतिविधि नगर्न आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि र चासोविरुद्ध कुनै गतिविधि नगर्न छिमेकी मुलुकहरुलाई आग्रह गरेका छन् ।
विश्व मामिला परिषदको ७३ औं सभालाई सोमबार सम्बोधन गर्दै ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतामा नेपाल अडिग छ’ ज्ञवालीले भने, ‘हामी पनि छिमेकीहरुबाट यस्तै सहकार्य र प्रत...









