७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।
एक ७३ वर्षीया मानसिक रोगबाट पीडित महिला आफ्नो ६९ वर्षीय लोग्नेलाई सुतिरहेको अवस्थामा खुर्पाले ६ चोटि प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन।
उनीहरुको छोरीले आज बिहान ४:२० बजे तिर प्रहरीलाई कल गरेर घटना जानकारी दिने क्रममा आफ्नी आमाले पितालाइ चप्पर (दाउ) प्रहार गरेर घाइते बनाएको कुरा बताएकी थिइन। घाइते पिताले छिटो प्रहरीलाई कल गर्न लगाएका...









