प्रधानमन्त्रीले उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड
दाङ। दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरणसमेत गरेका थिए ।
पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड भएको छ । कसले र किन शिलालेख तोडफोड गर्यो भन्ने बारेमा आधिकारीक जानकारी नभएको प्रहरीले जनाए...









