जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान
काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।
विभागले आज पत्रकार सम्मेलन आयोजना गरी ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी गराएको छ ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका ...








