प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार सार्वजनिक
कैलाली । धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको छ ।
तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरी बीच दोहोरो झडप...









