क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो
पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे । यी दुबै चिकित्सक टर्किस् आप्रवासी आमा–बाबुका सन्तान हुन् । जर्मनीको बायोनटेक कम्पनी र उसको अमेरिकी साझेदार फाइजर इन्कले १० महिनामा तया...








