धरानमा साहित्य कला संस्कृति प्रतिष्ठानद्वारा दोस्रो अन्तर्राष्ट्रिय साहित्यिक कुम्भमेला आयोजना
आनन्द श्रेष्ठ
धरानमा असार १५ र १६ गते दाेश्राे अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महाेत्सव- २०८० सम्पन्न भएको छ। धरान उपमहानगरपालिका वार्ड नम्बर १३ को अभिभावकत्वमा सम्पन्न यस कार्यक्रममा नेपालका ७ वटै प्रदेशका साहित्यकारको उपस्थिति रहेको थियो । भारतकाे आसाम,दार्जिलिङ,सिलिगुडी देखि सिक्किम सम्मको स्रष्टा समेत गरेर करिब ४ सय जना साहित्यिक जीवहरुको यो जमघट साहित्य कला संस्कृति प्...









