सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल
काठमाडौं, २ कात्तिक
संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज)मा निधन भएको थियो ।
जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल...









