हङकङमा होटेल क्वारेन्टाइन हटाउन विज्ञको सुझाव,दैनिक केस २० हजार सम्म पुग्ने,८,४८८ नयाँ केस
क्रान्ति सुब्बा
होटेल क्वारेन्टाइन हटाउनुपर्ने विज्ञको सुझाव
सरकारी विशेषज्ञ सल्लाहकार तथा हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले अगस्ट २९ तारिख बिहान एक रेडियो कार्यक्रममा अब हङकङ सरकारले होटेल क्वारेन्टाइन हटाइ ७ दिने होम क्वारेन्टाइन ( "०+७") लागु गर्दा हुन्छ र त्यसो गर्दा अहिलेको महामारीको ट्रेन्डलाइ खासै असर नपर्ने बताएका छ्न। हङकङका धेरै जसो नागरिकहरू सरकार...









