हङकङमा मा-ओन नामको टाइफुन नम्बर ८ जारी
क्रान्ति सुब्बा
हङकङको वेधशालाले अगस्ट २३ मंगलबार राति ९ बजेर १० मिनेट जादा टाइफुनको स्ट्यान्डबाइ सिग्नल नम्बर १ जारी गरेको थियो ।
हङकङ बेधशालाले १ नम्बर टाइफुन जारी गरेको बेला यो टाइफुन हङकङदेखि करिब ८०० किलोमिटर भित्रको दुरि तिर केन्द्रित थियो ।
अगस्ट २३ तारीख राति ९ बजे मा-ओन नामको यो समुद्री आँधी हङकङदेखि लगभग ७७० किलोमिटर पूर्व-दक्षिणपूर्व (१८.५ डिग्री उत्तर १२०.४...









