यमुना केसीको ‘जडिया पोई’ नयाँ तीज गीत सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका यमुना केसीको नयाँ तीज गीत ‘जडिया पोई’ सार्वजनिक भएको छ। तीजको मौलिकता, पारिवारिक सम्बन्ध र नेपाली समाजको परिवेशलाई समेटेर तयार गरिएको गीत तथा भिडियो यमुना केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
‘जडिया पोई’ गीतमा यमुना केसीको स्वर तथा शब्द रहेको छ। गीतमा भद्र ओलीले संगीत, संगीत संयोजन, मिक्सिङ तथा...









