कथा-कथाकि पात्र र म
इन्द्र नारथुङे
विहानको साढे एघार बजे सुपर किन्ता स्थित द स्टोर अगाडिबाट हामी चार भाइ ट्याक्सी चढ्यौं । चाइनिज न्यू इयरले बजार–सडक जताततै झ्याप्प छोपेको थियो । अन्यत्रको कुरौ छोडौं, किन्ता आसपास रहेका आधा दर्जन नेपाली रेष्टुरेन्टहरुमा समेत खुट्टा टेक्ने ठाउँ थिएन । सडक उसै जाम हुने भै हाल्यो । ट्याक्सी ड्राइभरले समेत मौकाको फाइदा उठाउन पछि परेन । गुनिङ लाङसम्मको भाडा पन्ध्र रिङ्गिट हो तर उसले बीस ...









