चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्डेट गरिएको २४ अगस्टमा
घटना घटिसकेपछि
२२ तारीख अगस्ट आइतबार बिहान ११:२१ बजे तिर हङकङको ताइ पो भन्ने जग्गामा एक सवारी दुर्घटना हुदा एक ५९ वर्षका चेङ क्वान-होइ नामक पुरुषको मृत्यु भएकोछ। १०२ नम्बर क्वङ फुक रोडमा गुडिरहेको रातो रङ्गको अर्बान ट्याक्सीले अचानक नियन्त्रण गुमाएपछि सडक बीचमा रहेको निरापद क्षेत्रमाथी उक्लिएर ट्राफिक लाइटमा ठक्कर खाने क्रममा अ...