उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’लाई लिम्बु भाषामा अनुदित गरिएको छ। डा. मधुराज केरुङ, पुष्प लोवा र शनी लिम्बुद्वारा अनुदित ‘केवा कोक्मा’ माथि शुक्रबार अनामगरमा आयोजित एक समारोहबीच समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
अनुदित पुस्तकमाथि प्रमुख अतिथि याक्थुङ भाषा साहित्य र संस्कृति अग्रज येहाङ लावती डिबी आम्बुङले बिचार राख्नुको साथै समिक्षक भिमा खजुमले आजभन्दा १ दशक अघि नै प्रकाशनमा आई पुरस्कार प्राप्त गरिसकेको र कथासंग्रहबारे पहिले नै अधिक चर्चा भैसकेको कारण धेरै चर्चा गर्न आवश्यक नरहरेको बताउनुभयो । यस पुस्तकलाई प्रकाशक किरात याक्थुङ चुम्लुङ, जापानका सल्लाहकार रिरिबहादुर तुम्बाहाम्फेले प्रकाशनमा ल्याएको हो ।





