न्यूयोर्क,नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA)ले नोभेम्बर 15 तारिख एल्महर्स्ट अस्पतालको अडिटोरियममा फिप्ना भोलिन्टियर एप्रीसिएसन २०२५ (“FIPNA Volunteer Appreciation 2025” ) भव्य रुपमा सम्पन्न गर्यो। दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्‍याउने स्वयंसेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूलाई सम्मान गरिएको हो।

अध्यक्ष तोरण गुरुङ

कार्यक्रमको अध्यक्षता फिप्ना (FIPNA) का अध्यक्ष तोरण गुरुङले गर्नुभएको थियो भने कार्यक्रम फिप्ना (FIPNA) का महासचिव दीपक चौधरीले सञ्चालन गर्नुभएको थियो। फिप्ना (FIPNA) की सभामुख भारती राईले सभामुखको आसन ग्रहण गर्नु भएको थियो। साथै फिप्ना ( FIPNA ) अन्तर्गतका सदस्य संस्थाका अध्यक्षहरू तथा समुदायका वरिष्ठ अग्रणीहरू पनि विशेष अतिथिका रूपमा सहभागी थिए।

नेपाली आदिवासीको पैहिचानका लागि आफ्नो ज्यान गुमाउनु भएका ज्ञात -अज्ञात सहिद प्रति १ मिनेट मौन धारण गरि औपचारिक कार्यक्रम सुरू भएको थियो। फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले स्वयमसेवकहरूको निःस्वार्थ योगदानबिना फिप्नाको कुनै पनि कार्यक्रम सफल हुन नसक्‍ने उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

फिप्नाकी सचिव दाजिमा शेर्पा र कृष्णमाया महर्जनले फिप्ना सांस्कृतिक सांँझको संयोजकको रूपमा आफ्नो अनुभव बाँड्दै स्वयमसेवक तथा कलाकारहरूकै कारण कार्यक्रमहरू समुदायमैत्री र प्रभावकारी बन्न सफल भएको बताए।

त्यसैगरी, विश्व आदिवासी दिवस 2025 का संयोजक तथा फिप्नाका क्षेत्रीय उपाध्यक्ष पूर्णा पैजा मगरले आफ्नो नेतृत्व अनुभव प्रस्तुत गर्दै सामुदायिक कार्यक्रममार्फत युवा सहभागिता अझै बढाउनुपर्नेमा जोड दिनुभयो।

फिप्नाकी सह-कोषाध्यक्ष तथा स्वयमसेवक समन्वयक दावा ल्हमो शेर्पाले स्वयमसेवक तथा युवा कलाकारहरूको उत्साह, प्रतिबद्धता र निरन्तर सहयोगले फिप्नाको गतिविधि अघि बढिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर साथ र योगदान जारी राख्न सबैलाई आग्रह गरिन्।

सदस्य संस्थाहरूको तर्फबाट किरात याक्थुङ चुम्लुङका पुरण लिम्बु, मगर एशोसिएसनका दिपसागर बुढा मगर, तामाङ सोसाइटी अफ अमेरिकाकी उमा तामाङ तथा नेपाली अमेरिकन आर्टिस्ट एसोसिएसनकी बसन्ती राईले आफ्नो अनुभव र संस्थाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कलाकारको तर्फबाट लाल तामाङले फिप्नाका कार्यक्रमहरूमा कलाकारहरूको भूमिकाबारे बोले भने युवा स्वयमसेवक निमा शाङपो शेर्पाले आफ्नो स्वयमसेवक यात्राको प्रेरणादायी अनुभव सुनाइन्।

सामुदायिक अग्रणी केशवराम राई जो युनाइटेड किरात राई संगठन अमेरिकाका उपाध्यक्ष समेत हुनुहुन्छ,ले कार्यक्रमको महत्व र युवाको सक्रियताबारे उल्लेखनीय विचार प्रस्तुत गरे।

कार्यक्रमभरि उपस्थित स्वयमसेवक, कलाकार, सदस्य संस्थाका प्रतिनिधि तथा सामुदायिक नेताहरूले संस्थाको गतिविधिले अमेरिकास्थित नेपाली आदिवासी समुदायको पहिचान, संस्कृति संरक्षण र समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

कार्यक्रम अध्यक्ष तोरण गुरुङले अन्तिम मन्तव्य दिँदै सबै सहयोगी हातप्रति धन्यवाद ज्ञापन गर्नुका साथै आगामी कार्यक्रमहरूमा अझ सबल रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

तपाईको प्रतिक्रिया