आज  २०८२ पुस १२ गते काठमाडौँमा सम्पन्न  नेपाली लेखक सङ्घ केन्द्रीय कार्य समितिको पूर्ण बैठकले २०८२ माघ १७ गते काठमाडौँको गोकर्णस्थित सहिद पार्कमा साहित्यीक जमघट आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले नेपाली लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा माघ १७ गते, सहिद पार्कमा नै ”सहिद दिवसको सन्दर्भमा साहित्यिक जमघट” कार्यक्रम गर्ने निर्णयसहित त्यसका लागि तयारी समिति गठन गरेको छ। समितिमा बिसुकुमार केसी  संयोजक, युवराज डिसी, नारायण सापकोटा, सुदर्श आचार्य र पौडेल विमुन्स  सदस्य रहेका छन् ।

बैठकले नेपाली लेखक सङ्घ केन्द्रीय समितिद्वारा ”ध्रुवचन्द्र गौतम: लेखनयात्रा र व्यक्तित्व परिचर्चा” कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ। उक्त कार्यक्रमको तयारीका लागि समिति गठन गरेको छ। समितिमा बिसुकुमार केसी  संयोजक,मनोज न्यौपाने, अनुपमा रेग्मी, महेन्द्र वाग्ले र पौडेल विमुन्स सदस्य रहेका छन् ।

 

तपाईको प्रतिक्रिया