वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ ।

पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर डवातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे ।

विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् ।

रूपन्देहीमा जन्मिएर दुई दशकभन्दा लामो समयदेखि पर्या-साहित्यमार्फत पर्यावरण संरक्षणका निम्ति विश्वव्यापी रूपमा निरन्तर लागिरहेका हितानकाे ‘मलाई आर्यघाटमा लगेर नजलाउनु’ पर्यावरणीय कविता संग्रहमाथि संवादमा छलफल गरिएकाे छ ।

छलफलमा वातावरणविद् तथा साहित्यकार हितानले वातावरण संरक्षण आफ्नाे मुख्य सराेकार रहने बताउदै पर्या साहित्यका माध्यमबाट मानिसहरूलाई जाेडने प्रयत्न गरेकाे बताए। उनले आफू बुटवलमा जन्मे हुर्केकाले यहाँकाे तिनाउ नदी अनि यहिकाे वातमवरण संरक्षणमा सबैकाे हातेमालाे जरूरी रहेकाे बताए ।

लेखक हितानकाे कविता संग्रहमाथि अध्येता कृष्ण पाण्डेले समीक्षा गर्दै “मलाई आर्यघाटमा नजलाउनु” कविता नै पर्या साहित्यकाे नमुना रहेकाे बताए । उनले कविता मार्फत लेखकले वातावरण संरक्षणमा पाठकलाई डाेर्याएकाे बताए ।

पाठक मञ्चका माधव गाैतमकाे सहजिकरणमा भएकाे छलफलमा लेखक दलबहादुर गुरूङ, राजेन्द्र आचार्य, डा. मनाेज ढुङगाना, रामचन्द्र श्रेष्ठ, शंकर भण्डारी, माधव कुमार पाैडेल, गाेविन्द बेल्बासे, पत्रकार कृष्ण मल्ल, दीपक विश्वकर्मा, विनाेद परियार, अर्जुन ज्ञवाली, प्रेम परियार, कृष्ण गाउले लगायतले पर्या साहित्य र वातावरण संरक्षणका बारेमा विभिन्न जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए ।

छलफलमा समाजसेवि हाेमबहादुर गलामी, पाठक मञ्चका सरितम श्रीस, पत्रकार कपिल ज्ञवाली , सिपि खनाल, शारदा खनमल लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्क्रममा गंगा

पाेखरेल र दुर्गा थापाले कविता वाचन गरेका थिए ।
बेलायतमै रहेका हितानले जन्मघर बुटवलमा रहदा विभिन्न कार्यक्रम मार्फत वातावरण संरक्षणका बारेमा विस्तृत रुपमा जानकारी  गराएका थिए ।

तपाईको प्रतिक्रिया