नेपाली साहित्यको कविता बिधामा एक शसक्त नाम हो कवि साङसेन पंन्धाक । उहाँको कविताहरुले प्रेमको एक फरक अनुभूति जसले मानिसको अन्तरमनसम्म छुन सक्छ । देश , समाजको ती समस्याहरु उहाँ कविताको अर्को महत्त्वपुर्ण पक्ष हो जसले राज्यसँग जवफदेहिता खोजीरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
भाउजु ताकी रहेको मुन्धुमी पात्र
हाउ भण्डारी भाउजु
दाजुले धर्ती छोडेर गए पछि
कति लगाउछौ त्यो सेतो बन्धन…?कति बस्छौ त्यो विधुवाको खुल्ला कारागारमा…?
एउटा पुरुषले
एउटा महिलाको सिउदोमा
प्रेमको घाम खोसेर गए भन्दैमा
कहा सकिन्छ नारीको कुमारी पन…?
हाउ भाउजु त्यो भण्डारी दाजुको यादमा कति जान्छौ सती…?
एउटा बन्दी छोराको यादमा बसे जस्तो
कति निनाउरो अनुहार बनाएर बस्छौ …?
प्रेमको बिज्ञान भन्दा पर पनि जान सकिन्छ।
प्रेमको आध्यात्मा भन्दा वर पनि आउन सकिन्छ।
हाउ भाउजु
किन उभिन्छौ त्यो विधुवा चिन्तन बोकेर…?
किन मान्छौ त्यो जिबन बिरोधी शास्त्र…?
आउ म
कन्या लिम्बु केटा संग मुन्धुमी बिबाह गरौ।
तिमीलाई कसले छेक्छ नव दुलही बन्न…?
हाम्रो मुन्धुममा त लोग्नेले छोड्ने बितिकै कन्या बन्छ महिला।
हाम्रो मुन्धममा त श्रीमान मर्ने बितिकै कुमारी बन्छ श्रीमती ।
मुन्धुममा त
रजश्वला भन्दा पर ,
जिवन फुल
बोकेर पालाम गाँउदै
उभिन्छ कुमारी पन।
सस्कृतिको तरवारले गेड्ने सक्दैन जिवनको गर्घन।
ताक्न पनि
दाजु मर्ने बितिक्कै भाउजुले ताक्छन देवरहरु|
मेरो कान्छा बुडा
भनेर घरी घरी इन्जार वाला कट्टु तानेर भुइमा खसाउछन|
नाङगो देवर हेरेर गलल गल ल हास्छन|
भाउजु यो घुमी रहने पृथिवी जस्तै
घुमी रहन्छ नारीको कुमारी पन।
यो मौसम जस्तै घुमी रहन्छ नारीको सम्राज्य।
हाक्पारे जस्तै घुमी रहन्छ जिबनको रंगहरु।
दिन र रातहरु जस्तै घुमी रहन्छ प्रेमील प्रेमील सपनाहरु।
प्रत्येक बिहान सुर्या फर्केर आए जस्तै फर्केर आउछ बैंश ।
प्रत्येक बेलुका सुर्य फर्केए जए जस्तै जान्छन दु:खहरु|
प्रत्येक फुलहरु फुले जस्तै फुल्छन आशाहरु।
हाम्रो भाउजु भनेको त
सोल्टिनी जस्तै त हो नि ।
ख्याल ख्यालमा यो लिम्बु केटाले
आँट गरेको पनि होइन भाउजु।
उस त जिन्दगी पनि त ख्याल ख्यालमै बन्छ।
प्रेम पनि त ख्याल ख्यालमै बस्छ।जिन्दगीको सुरुवात पनि ख्याल ख्याल मै हुन्छ।
ख्याल ख्यालमै योजनाहरु बन्छन।
अनि ख्याल ख्यालमै एउटा जिन्दगीको अन्त्या हुन्छ।
अन्त्या भन्दा पर पनि केहि हुन्छ हाउ भाउजु।
कस्ले तिमीलाई अन्त्य भन्दा पर केहि छैन भन्यो
अन्त्य हुनु भनेको फेरी सुरुवात गर्नु पनि हो|
पोखिनु भनेको फेरी भरीनु पनि हो|
खाली हुनु भनेको जिबनको अन्त्य हुदै होइन।
कति लगाउछै त्यो सेतो विधुवा चिन्तन…?
कति बोक्छौ जिबन बिरोधी त्यो शास्त्र…?
आउ भण्डार्नी भाउजु
मसंग
मुन्धुमी बिवाह गरौ
म फेरी दुलही बनाउछु।
जहाँबाट फेरी सुरुवात हुने छन
हजारौ प्रेमको प्रमिल यात्रा। —
….आमा-बुबाको तस्बीर…..
कोक्रोमा रुदाँको कुरा हो।
स-सानु हुदाँको कुरा हो।
हुनहनी जोरो भागेको पनि
आमाले निधार छुदाँको कुरा हो।आमा हुँदा मात्रै घर घर हुँदो रहेछ।दु:खमा पनि जिउछु भन्ने भर हुँदो रहेछ।
यसरी आज बुबा अचानक बोल्नु भयो।
आमाको हृदय खोल्नु भयो।
आमाको अघि ……
बतासमा फुलहरु नाँचे जस्तै
तिमी खुशीले नाँची रहेका हुन्थ्यौ।
बिहानीको झुल्के घाम झै
आमाको काखमा हाँसी रहेका हुन्थ्यौ।तिम्रो तोते बोली
फुट्नु भन्दा अघि आमाले बुज्थिइन वालापनको लय।
त्यो लयमा फुल्दै गरेको एउटा समय।
समयले हामीलाई कुर बनायो की…?
कि मनबाटै दुर बनायो…नानी……?
उमेरले आमाको बेंश उडायो।
पिडा र रोगले नरुवाएको आँखालाई कसरी सन्तानको मायाले रुवायो…?
आज बुबाले भन्नु भो ……
तिमी अब ठुलो भएछौ।
यसरी ठुलो हुदाँ
कहाँ हरायो तिम्रो मनमा..दयालु पनको नदि…?
कहाँ हरायो मुटुमा
मायालु मनको शितल्ता……?
कहाँ हरायो दिलमा
आमा-बुबाको तस्बीर…?
कहाँ हरायो मथिङ्गलमा
घर-आगनको सुगन्ध…?
बाबु …तिमीले एक चोटि
घर आएर सुनी दिनु आँशुहरुको कथा।
जहाँ आमाहरुको पिडा हल्का हुनेछ। ——–समाप्त—–
प्रेमको नयाँ नयाँ युग
यदि तपाईं प्रेम गर्नुहुन्छ भने
तपाई सम्झनाको बार्दलीमा आउनु,
या धडकनको संघारमा आउनु
मेरो हृदयले जहाँ प्रेमको धुन गुनगुनाउने छ,
त्यो कोमल कोमल स्पर्श लिएर ,
चाहनाहरुको अंगालो भरी पग्लनु,
बगिरहेको खोला जस्तै ,
नाँच्दै नाँच्दै बग्नु चरम आनन्दका तरंगहरु लिएर।
यी आत्माबाट उठ्ने तिर्खाहरु
सिधै आँखामा गएर किन माग्छन
आँखाहरुको नशालु मदिरा……?
म चुम्बनको गुरुत्व बलले तानीएर
त्यो ओठको रंगमञ्चमा खसे कि ……
कि खसे वैँश फुल्ने ती तलाउहरुमा……?
मस्तिष्क जस्तै सोच्छु,
सुन्दरता हृदयमा फुल्छ कि आँखा आँखामा भेटिन्छ…?
आ…हा …
ताराहरु भन्दा उज्यालो ,
मुस्कान हुन्छ कि ,
त्यो जिन्दगीको उर्जाशिल आशाहरुको मुहान……?
यदि तपाई प्रेम गर्नु हुन्छ भने,
तपाई सम्झनाको बार्दलीमा आउनु,
जहाँ म प्रेमको नयाँ नयाँ युग सुरुवात गर्ने छु।





