क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा डिसेम्बर १४ तारीख  मंगलबार  आठौं ओमिक्रोन केस देखा परेको छ जसमा अफ्रिकाको तान्जानियाबाट फर्केका एक व्यक्ति परेका छ्न भने आज नै  अन्य  पाँच  आयातित केसहरू पनि दर्ता भएका छ्न।

सेन्टर फर हेल्थ प्रोटेक्शनले दिएको सूचना अनुसार ओमिक्रोन केसधारी व्यक्ति  एक ५० वर्षीय पुरुष बिरामी रहेका छ्न जो गत शुक्रबार कतार हुँदै तान्जानिया, दक्षिण अफ्रिका र केन्याबाट हङकङ आएका थिए।  उनले अप्रिल १६ र मे ७ मा हङकङमा बायोन्टेक भ्याक्सिनको दुई डोज लगाएका थिए ।

आइतवार लक्षणहरू देखिएका थिए उनमा  र पेन्नी बे क्वारेन्टाइन केन्द्रमा  अनिवार्य क्वारेन्टाइन बसेको सात दिन बितेपछी उनमा पोजिटिभ देखिएको हो।

आजको एक समेत गरेर हालसम्म हङकङमा ओमिक्रोनसँग सम्बन्धित आठ केसहरू भइसकेका छन।   दक्षिण अफ्रिका-२, नाइजेरिया-२,  युनाइटेड किंगडम-२ ,संयुक्त राज्य अमेरिका-१ ।

आजको अन्य आयातित केसहरूमा संलग्न बिरामीहरू २१ देखि ५५ वर्षका दुई पुरुष र तीन महिला छन।

एक ३४ वर्षीया घरेलु कामदार नोभेम्बर १७ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आइपुगेकी थिइन। उनी पेन्नि बे क्वारेन्टाइन सेन्टरमा क्वारेन्टाइनमा बसेकी थिइन र त्यहाँ बस्दा ६ पटक उनको रिपोर्ट नेगेटिभ आएको थियो।

क्वारेन्टाइन पूरा गरेपछि उनी गत बुधबार चिङ यीको विनल्याण्ड ८०० होटलमा बसेकी थिइन । उनले डिसेम्बर १२ मा सामुदायिक परीक्षण केन्द्रमा अनिवार्य कोविड परीक्षण गराएपछि उनमा  N501Y उत्परिवर्तीत नश्ल भेटिएको हो।

त्यसपछि उनी बसेको होटेल वीनल्याण्ड ८०० र उनले भ्रमण गरेको चुन वानको तीन वटा स्थानलाई  अनिवार्य परीक्षणमा जानू पर्ने सुचिमा राखिएको थियो ।

अर्कि रोगी  २१ वर्षीया महिला आइतबार अमेरिकाबाट उडान CX845 मार्फत हङकङ आइपुगेकी हुन । उनमा गत शनिबार लक्षणहरू देखापरेका थिए र विमानस्थलमा  N501Y उत्परिवर्तीत नश्लबाट पोजिटिभ भएको देखिएकी थिइन।

एक  ४६ वर्षीय पुरुष विमान कर्मचारी  (एयर क्रीउ मेम्बर ) आइतवार उडान CP156 मार्फत इटालीबाट हङकङ आइपुगेका थिए । विमानस्थलमा आगमन हलमा भएको परिक्षणबाट उनमा म्युटेन्ट शिरा  L452R बाट  पोजिटिभ भएको पत्ता लागेको थियो । उनमा संक्रमित हुँदा हुने लक्षण थिएन ।

बाँकी दुई जनामा एक ४६ वर्षीया महिला र एक ५५ वर्षीय पुरुष थिए जो पाकिस्तानबाट आइतबार टर्की हुँदै TK083 उडानमा हङकङ आइपुगेका थिए। ती दुबैमा  कोभिड  म्युटेन्ट स्ट्रेन L452R देखिएको थियो विमानस्थलमा गरिएको परिक्षणमा। ती दुबै जनामा कोभिड जनित लक्षण थिएन ।

एक रेडियो कार्यक्रममा हङकङ युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ हो पाक-ल्यङले चेतावनीको भाषामा भने कि ओमिक्रोनले अब विश्वव्यापी रूपमा ट्रेन्डिङमा  रहेको डेल्टा भेरिएन्टलाइ विस्थापित गर्नेछ । क्रिसमस अघिको दुई हप्तामा द्रुतगतिमा फैलिएको ओमिक्रोनका केसहरूले त्यसैलाई संकेत गरेको कुरा उनले औल्याएका छ्न।

सोमबार वेलायतमा  पहिलो चोटि  ओमिक्रोनबाट एकजनाको  मृत्यु भएपछि  अब बेलायतलाइ A+ श्रेणीमा राख्नु पर्ने सुझाव होले सरकारी अधिकारीलाई दिएका छ्न। र ए प्लस ग्रुपमा परेको  देशबाट आउनेहरूलाई  पेन्नी बेको क्वारेन्टाइन  सेन्टरमा ७  दिन अवलोकन गरेपछि बाकी रहेकोे १४ दिनको लागि क्वारेन्टाइन  होटेलमा सार्नु पर्दछ।

तपाईको प्रतिक्रिया