हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन समुद्र किनार सरसफाइ अभियानमा जुट्यो
क्रान्ति सुब्बा, हङकङ ।
हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसनले जनवरी २२ तारीख चुन मुन बट्टरफ्लाइ समुद्र किनारमा बिहान करिब १० बजे पर्यावरणीय जागरूकता सम्बन्धि एउटा कार्यक्रमको आयोजना गरेको छ । हङकङमा रहेका नेपाली बालबालिका तथा युवा जमातलाई बाताबरणबारे सचेत तुल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाकि अध्यक्ष शिला घमालले बताइन् । उनका अनुसार हङकङमा रहेका नेपाली बालबालिका र युवा पुस्ता...









