फर्किएर हेर्दा सृजनामा पथरीशनिश्चरे
उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे नगर हरियाली तरेलीबीचको रमणीय स्थल हो । जहाँ आफैँमा सृजनशीलताको उर्जा दिने पर्यावरणीय वातावरण छ । वन तथा सिमसारयुक्त पर्यटनको प्रचुर सम्भावनाबीच सृजनशीलताका गतिविधिमा पनि यो सक्रिय छ । साविक पथरी, शनिश्चरे र हसन्दह गाउँ विकास समिति मिलेर बनेको कृषिमा आधारित नगरपालिका सृजनाको क्षेत्रमा पनि मलिलो छ । अर्थात् भाषा, कला, साहित्य र संस्कृतिमा कम धनी छैन ।
निगुरो र सिमसाग...









