अमेरिकामा रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सप्पन्न,भुटान गजल मंचको नव कार्यसमिति गठन
पेन्सेल्भेनिया, अमेरिका। भूटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भूटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको गठन गरिएको छ।
२१ अगष्ट २०२२ आइतबारका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको जेफर्सन हिल्स शहरमा भूटान गजल मञ्चले ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सम्पन्न गरेको छ। भूटान गजल मञ्च तदर्थ समितिका संयोजक नेत्राचार्य कौडिण्यको सभापतित्व, भू...









