कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन

कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन
विजय हितान- मिर्मिरेबिहानिमा : एली कार लिएर बिहानै आइन । हामी लाग्दै गरेको आजको गन्तव्य स्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ । ‘गुड मर्निङ एली ! कस्ती छौ ? सप्तान्त कस्तो बित्यो ?’ मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ । ‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । मा...

साताको तीन कविता- कवि अनिल कार्की

साताको तीन कविता- कवि अनिल कार्की
कवि अनिल कार्कीको जन्म २० जुन १९८६ मा पीपलतड (मुवानी) गाउँ, पिथौरागढ,उत्तराखण्ड, भारतमा भएको हो । उनका पुर्खाहरू नेपालको सुदूर पश्चिमबाट धेरै अगाडि भारतमा गएर बसेका हुन । उनले समाजशास्त्र, हिन्दी र पत्रकारिता विषयमा एमएका साथै ‘छायावादोत्तर लम्बी कविताओं में रचना विधान तथा विचारधारा’ विषयमा पीएचडी उपाधि हासिल गरेका छन । उनका प्रकाशित कृतिहरूमा उदास बखतों का रमोलिया, भ्यास कथा तथा अन्य कहानियाँ,एक ...

आदिवासी महिलाहरूको सामूहिक सवालहरुलाई सम्बोधन गर्न अझै पनि चुनौति रहेको छ : प्रतिमा गुरुङ

आदिवासी महिलाहरूको सामूहिक सवालहरुलाई सम्बोधन गर्न अझै पनि चुनौति रहेको छ : प्रतिमा गुरुङ
प्रतिमा गुरुङ प्राज्ञिक अध्येता हुन, विगत अठार वर्षदेखि पद्म कन्या बहुमुखी क्याम्पसमा पढाउँदै आउनु भएको छ र त्यस बाहेक उहाँले लैङ्गिकता, अपाङ्गता, आदिवासी र सीमान्तकृत सवाल र समावेशीकरणको लागि अध्ययन र अनुसन्धान मार्फत वकालत गर्दै आउनु भएकोछ।उहाँ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय निर्देशन समितिमा विषय विज्ञको रुपमा पनि योगदान गर्दै आउनु भएकोछ र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्र...

कथा-अन्तिम मान्छेको डायरी

कथा-अन्तिम मान्छेको डायरी
मणि भट्टराई -    संसारमा स्कुलहरू पूर्णत: बन्द भए । स्कुल पढ्ने समुहका मान्छेहरू कोही पनि थिएनन् । विस बर्ष मुनिका मान्छेहरू यस संसारमा निमिट्यान्न थिए । मान्छेहरूमा उत्साह मर्दै गएको थियो । कोही कसैमा प्रतिस्पर्धा थिएन । क्रमश: संसार सुनसान जस्तो बन्दै गइरहेको थियो । कलेजहरू पनि एकपछि अर्को बन्द हुने प्रकृयामा थिए । के पढाउने र किन पढाउने भन्ने अन्यौल ...

साताको तीन कविता-कवि कल्पना काफ्ले

साताको तीन कविता-कवि कल्पना काफ्ले
हाल हङकङमा रहेकी कवि कल्पना काफ्ले कविता गीत र गजल लेखनमा आफ्नो पुस्ताहरुमाँझ स्थापीत र प्रीय नाम हो । उनका कविताहरुले समाजमा रहेको बेथिथिहरुको बिरोध र समानतामुलक समाजको वकालत गरिहेका हुन्छन। कयौ साहित्यीक संस्थारुबाट सम्मानीत र पुरस्कृत काफ्लेका कविताहरु आफ्नो पुस्तामाँझ एक शक्तीशाली आवाज हो प्रस्तुत छ साताको तीन कविता । उज्यालोको कथा अँध्यारोको कालो पर्दा च्यातेर लेख्नु छ एउटा उज्यालोको कथा त्...

छुट्टै राज्यको मागमा उठेको आन्दोलन असफल भएता पनि आन्दोलनले पाठ पढाएर गएको छ-बबिता मादेन

छुट्टै राज्यको मागमा उठेको आन्दोलन असफल भएता पनि आन्दोलनले पाठ पढाएर गएको छ-बबिता मादेन
बबिता मादेन पत्रकार हुन। भारतको सिलगढी बस्नुहुने मादेनको "दार्जिलिङ ब्राण्ड व्यापारको राजनीतिक बजार" नामक पुस्तक अघिबाटै प्रकाशित छ। पहिलो पुस्तकमा मादेनले दार्जिलिङमा हुने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनका असफलताका कारण खुट्याएका छन। स्वतन्त्र पत्रकारकोरुपमा विभिन्न दैनिक पत्रिका र टिभी च्यानलहरुमा राजनैतिक विश्लेषण गर्दै आइरहनु भएको छ। पछिल्लो समय उनको दोस्रो पुस्तक "१९८६ वास हराएपछि "निक्क...

राजा ज्ञानेन्द्रको कु र १३ दिनको बन्दी जीवन

राजा ज्ञानेन्द्रको कु र १३ दिनको बन्दी जीवन
मिना श्रेष्ठ इतिहासका पानाहरु छोपिदै गर्दा ,राजनीति सांगठनिक परिस्थिति बदलिएर पृष्ठभुमिको मुल्यंकन धमिलो हुँदै गर्दा फेरि पनि आज माघ १९ आएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेको दिन धेरै कष्टकर बनाइएको थियो जनजीवन । जीवन कष्टकर बिताएका थियौं । मोबाइलहरु कटिएका थिए । रेडियोमा संचार माध्यममा समाचारहरु निषेधित थिए । गिरफ्तार ,धरपकड थियो । मैले पनि आफू गिरफ्तार भएर शशस्त्र प्रहरी बल पकली...

कथा – खत

कथा – खत
केशवराज ज्ञवाली ‘दाइ एकैछिन भेटनुपर्ने थियो ?’ उसले हेलो भन्ने बित्तिकै भन्यो । मलाई उसको आवाज परिचित लागेन । परिचय सोध्न भ्याएकै थिइनँ, फेरि आवाज आयो, ‘दाइले मलाई चिन्नुभएन होला, म श्रवण ।’ मैले अझै चिनिनँ । तर भनेँ, ‘भन्नुस श्रवणजी, केही काम छ कि ?’ ‘दाइले मेरो केसको कथा लेख्नुभएको थियो । त्यसकै सिलसिलामा भेटनु थियो ।’ ‘एऽऽ’ मैले बल्ल बुझेँ । ऊ पक्का पनि मेरो अफिसमा आएको होला । मैले उसलाई मेरा ...

साताको तीन कविता-कवि कल्पना तामाङ

साताको तीन कविता-कवि कल्पना तामाङ
हाल अमेरिकामा बसोबास गर्ने कवि कल्पना तामाङ अनेसास क्यान्सस च्याप्टर अमेरिकाको सचिवको रुपमा कार्यरत रहिसकेकी छिन। कविता,गजल र कथा लेखनमा राम्रो दखल राख्ने यी कवि आफ्नो पुस्तामा राम्रो सम्भावना भएकी लेखक हुन । उनका कविताहरुमा प्रकृति र सामाजिक बिषयहरु शसक्तरुपमा उभिएका हुन्छन प्रस्तुत छ साताको तीन कविता । जिन्दगीको किनाराबाट एकनाश बगीरहेको जिन्दगीको खोलामा यतिबेला एउटा बाँधको कल्पना गरीरहेको छु ...

कथा – स्याबास शुभश्री !

कथा – स्याबास शुभश्री !
दीप्स शाह आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें । अनगिन्ति अनुहारसंग मेरा आँखा ठोक्किन्छन तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन। यसरी मेरा आँखालाइ कैदी बनाउने अत्यन्त सिमित आँखा मध्ये उसका ति दुइ शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोए झैं भ...