गनाएको गनाइ छ
कथा
मैतिदेवीबाट घट्टेकुलो खसी चोक हुँदै सिंहदरबार वैद्यखाना जाने एउटा सानो सुरुङगजस्तो बाटो थियो । त्यो बाटो वैद्यखाना छेउको ठुलो बाटोमा निस्कनु अगाडि नै एउटा सामान्य चोक आउँथ्यो । खासमा बाटो नै चोक बनेको थियो । कुनै नामकरण गर्न गाह्रो परेको अवस्था थियो त्यो चोकको । त्यसको एकछेउमा विजुलीको पोल थियो । त्यो बिजुलीको पोलमा रातिको सुविधाका लागि विजुली बल्ब राखिएको थियो । तर नगरपालिकाले राखेको बत्ती भ...









