बझाङमा पहिरोले एकै परिवारका १८सहित २४ बेपत्ता
काठमाडौं । सोमबार रातिको पहिरोमा परेर बझाङको थलारा गाउँपालिका–४ डिक्लामा २४ जना वेपत्ता भएका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडाबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको र २४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर गगने सार्कीको एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सम्पर्कमा छन् । प...









