सरकारले दिने अनुदानको जस्तापाता लिन कांग्रेस कार्यकर्ता बन्नुपर्ने !
सुर्खेत,२७ साउन । सुर्खेतको चिंगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिले सरकारले अनुदानमा दिएको जस्तापातामा व्यापक अनियमिता गरेको गुनासो आएको छ ।
गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष बुदे खत्रीले आफन्त, कार्यकर्ता र पहुँचवालालाई अनुदान उपलब्ध गराएको पाइएको हो । गरीव, दलित र अपांगता भएकालाई उपेक्षा गरेको आरोप उनलाई लागेको छ । उनी नेपाली कांग्रेसबाट चुनाव जितेर वडाध्यक्ष भएका हुन् ।
‘खरले छाएको घरलाई ...









