बेचबिखनको जोखिममा महिला
विद्या राई
काठमाडौँ — सिन्धुलीकी २६ वर्षकी माइलीले बालकैदेखि घरमा दुख मात्रै भोगिन । भोक मेट्न नुनमा भात मोलेर खानुपर्ने अवस्था । पाखोबारीको कमाइले तीन महिना पनि खान नपुग्ने । बाँकी ९,१० महिना खान अर्को गाउँका जमिनदारहरुको मेलापात चहार्नुपर्ने । स्कुलको ड्रेस, कापी–कलम किन्न साहुको भारी बोक्नुपर्ने ।
छरछिमेकहरु पनि त्यस्तै हालतमा थिए । अलि बढेकाहरु काठमाडौं छिर्थे । दसैं–तिहारमा ठाँटिएर फर्क...









