वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठीचार्ज
काठमाडौँ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा आज भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।
विभिन्न ५ सूत्रीय मागसहित धर्ना दिइरहेका कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए । ...









