प्रख्यात साहित्यकार बैरागी काइँलाको स्वास्थ्यमा सुधार
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, नेपाली साहित्यमा चर्चित आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवम मुन्धुम दर्शनका आधिकारिक व्याख्याता बैरागी काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । एक साताअघि मस्तिष्कघात भई ओम अस्पतालको आईसीयुमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो ।
बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य एवम साहित्य पद्य-काव्य विभागका प्रा डा हेमन...









