हङकङको लोकप्रिय अखबार एप्पल डेलि को अन्त्येष्टिसंगै एउटा युगको अन्त
क्रान्ति सुब्बा
" यदि इभले खान मनाही गरिएको फल (एप्पल) नटोकेकि भए संसारमा पाप नै आउदैन थियो , सहि र गलत नै हुदैन थियो र कुनै समाचार पनि बनिन्दैन थियोे ।" - जिमि लाइ ( लाई चि- यीङ)
"एप्पल डेलि" अर्थात हङकङको एउटा लोकप्रिय चिनियाँ भाषामा प्रकाशित हुने समाचार पत्रीका जसको प्रकाशन जुन २४ तारीख २०२१ बाट पुर्णतः बन्द भएकोछ। यस पत्रीकाका संस्थापक जिमि लाइले जब १४ महिनाको जेल सजाय प...









