बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा.केसीको माग
काठमाडौँ — चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष ४ पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले पदाधिकारीहरूको कार्यशैलीकै कारण पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । भ्...









